खेलकुदको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यकः मन्त्री लिम्बु

काठमाडाैं | असार ३, २०८०

खेलकुदको विकासका लागि निजी क्षेत्रसँग साझेदारी आवश्यकः मन्त्री लिम्बु

पोखरा:    युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको साझेदारी आवश्यक रहेको बताएका छन् । 

 

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लिम्बुले सरकारले खेलकुुद क्षेत्रको विकासको लागि निजि क्षेत्रलाई समेत समेटेर अगाडि बढ्न आवश्यक रहेको बताएका हुन् । 

 

‘सरकारले मात्र सबैथोक गर्न सक्दैन, निजी क्षेत्रलाई पनि खेलकुद क्षेत्रसँग जोड्न आवश्यक छ, नभए हामी मात्र अगाडि बढ्न सक्दैनौं’, मन्त्री लिम्बुले भने, ‘यो क्षेत्रमा खेलकुद र खेलाडीलाई सहयोग गर्ने थुुप्रै सहयोगी मनहरु छन् सबैलाई मिलाएर अगाडि बढ्न सके खेलकुुदमा चाँडै फड्को मार्न सकिन्छ ।’

 

उनले खेलकुदका विभिन्न संघका पदाधिकारीबीच नै आन्तरिक प्रतिस्पर्धाले खेलकुदको विकासमा असर गरेको बताए । 

‘खेलकुद क्षेत्र खेलकुदकै पदाधिकारीको आन्तरिक प्रतिस्पर्धाका कारण विकास हुन सकेको छैन, यसलाई मिलाउने प्रयासमा नै छौं’, मन्त्री लिम्बुले भने, ‘अहिलेको बजेटमा सरकारले खेलकुद मन्त्रालयलाई प्राथमिकता दिएन, अब खेलकुद मन्त्रालयलाई कसरी सरकारको प्राथमिकतामा राख्न सकिन्छ त्यसरी नै अगाडि बढ्दै छौं ।’

 

राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीबीच आन्तरिक विवादले खेलकुद क्षेत्रको विकास हुन नसकेको मन्त्री लिम्बुको भनाई छ ।

‘राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीबीच आन्तरिक विवाद देखिएको छ, मैले खेलकुद क्षेत्रको विकासका लागि सबैलाई मिलेर आउन आग्रह गरेको छु , विवाद चाँडै मिलाउँछौं ।’ उनले भने । 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्